हेटौंडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जनपत्र
५ माघ २०७७, सोमबार १३:००

हेटौंडा । हेटौंडामा रोकि राखेको बसको डिकीबाट सामान झिकिरहेको अवस्थामा पछाडीबाट ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । गएराति सवा २ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–९ को हनुमानगेट अगाडि ट्रकले ठक्कर दिँदा पर्साको छिपहरमाई गाउँपालिका ५ भिष्वाका २० वर्षीय मोहम्मद कैस मिया मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख २०३४ नंबरको बसको पछाडि ना६ख ४९९५ नम्बरको ट्रकले ठक्कर दिँदा बसको डिकीबाट सामान झिकिरहेका मियाको मृत्यु हो । सोहि क्रममा ट्रकको ठक्करबाट २ जना घाईते पनि भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा पर्साको छिपहरमाई गाउँपालिका ५ का ३७ वर्षीय अव्जल मिया र २५ वर्षीय इसाद आलम रहेका छन् । उनिहरुको उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र चालक र बस नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*