आन्तरिक राजस्व कार्यालय विराटनगर : ६ महीनामा राजस्व संकलन लक्ष्य नजिक

जनपत्र
४ माघ २०७७, आईतवार ०६:२४

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष ९आव०को ६ महीना अवधिमा ३ अर्ब ८८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले ३ अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व असुलीको लक्ष्य पाएकोमा कुल ४ अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले ३ अर्ब ५१ करोड ५३ लाख ९ हजार राजस्व असुली गरेको थियो । चालू आवमा राजस्वको अर्धवार्षिक लक्ष्य हासिल नहुनुको कारण अन्तःशुल्कमा कमी रहेको कार्यालय प्रमुख विमल सापकोटाले बताए ।

चालू आवमा सो अवधिमा संकलित राजस्वमा आयकर १ अर्ब ५३ करोड ८७ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर १ अर्ब १४ करोड १९ लाख ८९ हजार, अन्तःशुल्क १ अर्ब २० करोड ८९ लाख ६३ हजार रहेको छ । अन्तःशुल्कतर्फ पुस मसान्तसम्ममा २ अर्ब ३ करोड ४४ लाख २३ हजार असुली गर्ने लक्ष्य रहेकोमा ८२ करोड ५४ लाख ६० हजार कम संकलन भएको छ । मादकपदार्थको कारोबारमा कमी आएको, विकास निर्माण कार्यले तीव्रता नपाएको, जग्गाको कारोबार नभएको लगायत कारण अन्तःशुल्कतर्फ कम राजस्व संकलन भएको सापकोटाले जानकारी दिए ।

कार्यालयले आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धि करमा १५९ प्रतिशत र अन्तःशुल्कमा ५९ प्रतिशत प्रगति हासिल गरेको छ । अहिले मुलुकको अवस्था सामान्य रहेको, व्यापारिक क्रियाकलाप पनि बढिरहेको, निर्माणका कार्य पनि शुरू भएको अवस्था र कोरोना महामारीको अवस्थामा पनि व्यापार व्यवसाय सञ्चालनमा आएकाले आउने दिनमा अन्तःशुल्कमा पनि सुधार हुने कार्यालयले बताएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*