स्टार्टअप इन्डियाको अन्तर्राष्ट्रिय सम्मेलनमा मोदीसँग साझा गरे ढकालले मञ्च

जनपत्र
४ माघ २०७७, आईतवार ०५:५९

‘प्रारम्भः स्टार्ट अप इन्डिया इन्टरनेशनल समिट’ मा नेपाली उद्योगी विश्वास ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मञ्च साझेदारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि भएको समिटमा ढकालले भिडियो कन्फरेन्समार्फत सम्वोधन गरेका हुन् ।

भारतीय वाणिज्य मन्त्रालयको विभाग ‘डिपार्टमेन्ट फर प्रमोशन अफ इन्डष्ट्री एन्ड इन्टरनल ट्रेडका तर्फबाट भएको आयोजनामा बिमस्टेकमा रहेका देशका प्रतिनिधिहरु आमन्त्रित थिए । बिमस्टेकमा भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड रहेका छन् ।

नेपालबाट सहभागीता जनाएका एफ वान सफ्टका संस्थापक सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै अभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संलग्न स्टार्ट अप समिटमा भाग लिनु पाउँदा ढकालले खुशी व्यक्त गरेका छन् । फोन पे र इ–सेवामार्फत सेवा दिइरहेको एफ वान सफ्टले उक्त मोदी सम्मिलित स्टार्ट अप समिटमा प्रतिनिधित्व गरेको हो ।

२२ वर्षको उमेरदेखि सूचना प्रविधि क्षेत्रलाई आधार बनाएर काम थालेको ढकालले बताउँदै ढकालले मोदी गम्भिर भएर उनलाई सुनिरहेका थिए । । ढकालले इसेवाले दुर्गम जिल्लाहरुसमेत गरी नेपालको ५० प्रतिशत जनसंख्यालाई सेवा दिन सकेको उल्लेख गरेका छन् ।

मोदीले परिवर्तनको यात्रामा हरेक देशका प्रतिनिधिको अनुभव सुनेका हुन् । भारतले पाँच वर्षको अनुभव साझा गर्नका लागि एक पुस्तिकासमेत सार्वजनिक गरेको छ । बिमस्टेकका देशहरुलाई पनि आफ्नो अनुभव साझा गर्नका लागि मोदीले आग्रह गरेका छन् । उनले भारत आज विश्वको सबैभन्दा ठूलो स्टार्टअप इको सिष्टममा एक भएको पनि उल्लेख गरेका छन् ।

शनिबार भएको सम्मेलन बिमस्टेक देशहरुसँगको पहिलो स्टार्टअप सम्मेलन थियो । मोदीले स्टार्टअपको मद्धतका लागि एक हजार करोड भारु कोषको पनि घोषणा गरेका छन् । उनले आफ्नो लक्ष्य युवाहरु समेट्ने रहेको पनि बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत भ्रमणकै क्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच भेट नभएको बारेमा अनेक कोणबाट चर्चा भइरहँदा नेपाली यूवा उद्यमी ढकालले भारतीय प्रधानमन्त्री मोदीसँग मञ्च साझेदारी गरेको विषयले भने सामाजिक संजालमा निकै चर्चा पाएको छ । यूवा उद्यमी तथा विश्लेषक मनिष झाले ट्वीटरमा लेखेका छन्, ‘राजनितिज्ञको चाप्लुसीले पहुँच पाउने निश्चितता हुन्न तर उद्यमीको मेहनतले सम्मान सहितको स्थान पाउँछ’। हाम्रोकुराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*