मकवानपुरगढी देउरालीका विद्यार्थीलाई व्याग र स्टेस्नरी वितरण

जनपत्र
३ माघ २०७७, शनिबार १९:३५

हेटौंडा । मकवानपुर साइकल ग्रुपद्वारा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ देउरालीका ३६ जना बालबालिकालाई आज स्टेस्नरी तथा व्याग वितरण गरिएको छ ।

देउरालीमा रहेको उज्वल प्राथमिक बिद्यालयमा अध्ययनरत गरिब बिद्यार्थीका लागि ३६ वटा व्याग र सबैलाई स्टेस्नरीका सामान वितरण गरिएको प्रधानध्यापक गिता तिमल्सीनाले वताउनुभयो ।

बिद्यार्थीलाई साइकल ग्रुपका चेतनाथ आचार्य, सूर्य थापा, चन्द्रकुमार मानन्धर, राजकुमार मिश्र, जिवन तिमल्सीना, राजु थापा मगर, सन्दिप श्रेष्ट, शम्भुगहतराज र संगित श्रेष्ठले वितरण गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*