हेटौंडाको क्याम्पाडाँडा दुर्घटनामा घाईते भएका थप एक जनाको मृत्यु

हेटौंडा । गएको पुस २७ गते सोमबार साँझ हेटौंडामा भएको दुर्घटनामा घाईते भएका थप एक जनाको मृत्यु भएको छ । आज उपचारको क्रममा भरतपुर स्थिति पुरानो मेडिकल कलेजमा हेटौंडा ६ का १८ वर्षीय निरज राईको मृत्यु भएको हो ।
सोमबार साँझ कान्तिराजपथको हेटौंडा–चौघडा सडकखण्ड अन्तर्गत क्याम्पाडाँडामा हेटौंडाबाट चौघडा तर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक न्युरेनि निवासी १८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको थियो भने राई गम्भीर घाइते भएका थिए। राईको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।