मनहरी ७ को मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिदै, तत्काल पोखरी निर्माण गरिदै

जनपत्र
३ माघ २०७७, शनिबार ०७:३८

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मन्दिरहाताभित्र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सुरु गरिएको छ । गाउँपालिका र संघीय सरकारको लगानीमा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागिएको हो ।

यसअघि गाउँपालिकाको २७ लाख रुपैयाँ लगानीमा मन्दिर परिषर वरपर कम्पाउन्ड लगाउने काम सकिएको छ । अब भने संघीय सरकारको २० लाख रुपैयाँ लागतमा पोखरी निर्माण गर्न काम सुरु गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । २ विगाहा क्षेत्रफल ओगटेको यस क्षेत्रमा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिदै लगिने उहाँले वताउनुभयो ।

५० मिटर लम्बाइ र ५० मिटर चौडाइको पोखरी निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिकाले यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि डीपीआर गरेको छ । डीपीआरमा बिभीन्न खालका स्टलहरु निर्माण गर्ने, शिब मन्दिर, फूलबारी, बगैचा निर्माण गर्ने सबैथोक गरी ७ करोड लाग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*