अब मोबाइल बैंकिङबाटै कर तिर्न सकिने

जनपत्र
३ माघ २०७७, शनिबार ०६:१९

करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेस्ट बैंकमार्फत् भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्न सक्ने भएका हुन् ।

मोबाइल बैंकिङमार्फत् कर भुक्तानी गर्ने विषयमा एभरेस्ट बैंक र फोन पे पेमेन्ट सर्भिसबीचमा सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा एभरेस्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक आशुतोष शर्मा र फोन पेका तर्फबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरे ।

करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । मोबाइल बैंकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*