मकवानपुरबाट गाँजा ओसार्न भारतीय गाडीको प्रयोग, तस्कर उम्कन्छन्, भरीया पक्राउ पर्छन्

जनपत्र
२८ चैत्र २०७५, बिहीबार १५:०१

हेटौंडा /  मकवानपुर प्रहरीले ६४ केजी लागूऔषध गाँजासहीत एक जनालाई पक्राउ गरेर सार्बजनिक गरेको छ । हेटौडा १५ रातोमाटेबाट ६४ केजी लागूऔषध, भारतीय गाडीसहित एक जनालाई पक्राउ गरिएको हो । प्रहरीले रातोमाटेबाट भारतीय नम्बर प्लेटको बिआर –०४ बि ००४१ नम्बरको भारतीय नम्बर प्लेटको टाटासुमोबाट गाँजा ओसार पसार गर्दै गरेको अबस्थामा प्रहरीले बरामद गरेको हो । गाँजा सहित भारत बिहार मोवासिरुलहसन सब्जिबाघ पटना बस्ने २८ बर्षिय समिर अहमदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताउनुभयो ।


ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बरको टाटासुमो चेकजाँच गर्ने क्रममा ३० वटा चारपाटे पोकामा राखेर लैजान लागिएको अबस्थामा फेला पारिएको हो । टाटासुमोको छतमुनिको भागमा फल्स बटम बनाएर गाँजा भारत निकासी गर्न लागिएको अबसथामा बरामद गरिएको प्रहरीले जनाएको छ ।


पछील्लो समय मकवानपुरमा लागूऔषधको ओसार पसारमा भारतीय नम्बर प्लेटका गाडी र भारतिय नागरिकको प्रयोग गरिदै आएको छ । लागूऔषध ओसार पसार गर्ने तस्कर पक्राउ गर्न मकवानपुर प्रहरीले नसकेपनि भरीया र चालकहरुलाई भने पक्राउ गरेको छ । गाँजा ओसार पसार गर्ने काममा पनि भारतीय नागरिक बढी पक्राउ पदै आएका छन् । मकवानपुर प्रहरीको कस्टडीमा रहेका लागूऔषध ओसार पसारमा संलग्न अधिकांश थुनुवा तस्कर नभईकन भरिया मात्र रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*