फिलिपिन्सको लुजोन टापूमा भेटियो नौलो प्रजातिका मानव अवशेष
चैत २८- फिलिपिन्सको गुफामा वैज्ञानिकहरूले नौलो प्रजातिका मानव अवशेष फेला पारेका छन्।अनुसन्धाताहरूका अनुसार यो जातिका मान्छे आजभन्दा कम्तिमा ५० हजार वर्षअघि फिलिपिन्सको यो क्षेत्रमा बसोबास गर्थे। यो क्षेत्रलाई अहिले लुजोन टापू भनिन्छ।
लुजोन टापूमा भेटिएकाले मान्छेको यो प्रजातिलाई अनुसन्धाताहरूले ‘होमो लुजोनेन्सिसु नाम दिएका छन्। यी जातिका मान्छे तीन फिटभन्दा कम उचाइका भएको उनीहरूको अनुमान छ। यिनीहरूको शारीरिक बनावटमा प्राचीन मानव र अहिलेका मानव दुवैको मिश्रण पाइएको छ। प्राचीन मानवका यी जाति अफ्रिकाबाट दक्षिण(पूर्व एसियासम्म आएका थिए भन्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्। ‘जति अवशेष हामी खोतल्दै जान्छौं, त्यति नै मान्छेको इतिहास रोचक र नयाँ हुँदै गएको छ,’ प्राग् मानवशास्त्री म्याथू टोचेरीले भनेका छन्।
म्याथू क्यानडास्थित लेकहेड विश्वविद्यालयसँग सम्बन्धित छन्। उनी यो खोजमा भने सहभागी थिएनन्। यो खोजको सुरूआत सन् २००० बाट भयो, जब फिलिपिन्स विश्वविद्यालयका विद्यार्थीले लुजोन टापूको कालाओ गुफा उत्खनन् सुरू गरे।उनीहरू यहाँ फिलिपिन्सको प्राचीन कृषि पद्धतिबारे खोजबिन गर्न आएका थिए। यस क्रममा मान्छेकै विकासक्रमबारे गहिरो अनुसन्धान सुरू भयो। यहाँ कम्तीमा तीन मानवका अवशेष फेला परेका छन्, जसमा शरीरका विभिन्न १३ वटा भाग छन्। दाँत, हात र पैतालाको हाडका साथै तिघ्राको केही भाग पनि छ।
दक्षिण(पूर्वी एसियामा अर्को मानव जाति ुडेनिसोभान्सु को अस्तित्व पनि फेला परिसकेको छ। यी जाति पहिलो चरणका आधुनिक मानव ९होमो सेपियन्स० सँग घुलमिल भएको अनुमान वैज्ञानिकहरूको छ। फिलिपिन्सको यो टापुमा भने डेनिसोभान्सका कुनै अवशेष फेला परेको छैन। अहिले भेटिएका प्रजातिमध्ये एक इन्डोनेसियाको फ्लोर्स टापूमा भेटिएजस्तै छ। अनुसन्धाताले त्यहाँ ६० हजार वर्ष पुरानो अनौठो अवशेष फेला पारेका थिए, जुन मानवको बनावटसँग मिल्दोजुल्दो थियो। वैज्ञानिकहरूले त्यसलाई ुहोमो फ्लोरेन्सिसु नाम दिए।
होमो फ्लोरेन्सिस फेला परेपछि लन्डनको न्याचुरल हिस्ट्री म्यूजियमका प्राध्यापक क्रिस स्ट्रिंगरले फ्लोर्स टापू आसपास अझै खोज गर्नुपर्ने बताएका थिए। उनको अनुमान सही निस्क्यो। फ्लोर्स टापूदेखि करिब ३ हजार किलोमिटर टाढा लुजोन टापूमा नयाँ मानव प्रजाति फेला पर्यो। होमो फ्लोरेन्सिस जातिका मानव ढुंगाका औजार बनाउन सक्थे। यो जातिको एक वयस्क मानव तीन फिट अग्लो मात्र हुन्थ्यो। उसको दिमाग पनि अत्यन्त सानो थियो। यही अनौठो विशेषताका कारण ती जातिका पूर्खा को थिए भन्नेबारे बहस नै चलेको थियो। त्यसपछि फेला परेको अवशेष ६० लाख वर्षअघिको हो, जुन अफ्रिकामा भेटिएको थियो। वैज्ञानिकहरूले यसलाई ुहोमिनिन्सु नाम दिएका छन्।
यी जातिका मानव लाखौं वर्षसम्म होचा र सानो दिमाग भएका थिए भने विस्तारै दुई खुट्टाले हिँड्न थालेका थिए। झन्डै २५ लाख वर्षअघि अफ्रिकन होमिनिन्सको एउटा पुस्ताले नयाँ स्वरूप लिन थाल्यो। थेप्चो अनुहार, ठूलो दिमाग र अग्लो शरीर। यी होमिनिन्स नै आधुनिक मानवका प्रथम सदस्य मानिन्छन्। लुजोन टापूमा भटिएको यो अवशेष अहिलेसम्म भेटिएका विभिन्न मानव प्रजातिको मध्यतिर पर्छ जसमा अरू जातिका धेरै समानता छन्।अनुसन्धाताहरूलाई यी अवशेष यो टापूमा कसरी आए भन्ने अचम्म लागेको छ। लुजोन टापू चारैतिर पानीले घेरिएको छ।
एजेन्सीको सहयोगमा