राप्रपाको हेटौंडामा धर्ना, हिन्दुराष्ट्र कायम गर्न माग

हेटौंडा / राप्रपा मकवानपुरले आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित दश वटै स्थानीय तहमा धर्ना दिएको छ । हिन्दुराष्ट कायम गर्न माग राख्दै राप्रपाले आज एक घण्टा हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा धर्ना दिएको हो । हिन्दुराष्ट्रको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको राप्रपाले आज देशैभरीका स्थानीय तहमा धर्ना दिने कार्यक्रम अनुसार मकवानपुरका स्थानिय तहमा समेत धर्ना दिइएको राप्रपा हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष गुरु प्रसाद सापकोटाले बताउनुभयो ।
राप्रपाले राजसस्थाको बिषयमा सर्बपक्षिय गोलमेच समेलन गर्नुपर्ने, संघियताको बिषयमा जनमत सग्रहगर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गर्नुपर्ने लगायतका २२ बुदे माग राख्दै आन्दोलनरत छ । आफ्ना मागको सुनुवाई नभए सम्म आन्दोलन जारी राख्ने राप्रपा मकवानपुरले जनाएको छ । धर्ना कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा मकवानपुर अध्यक्ष मधु अधिकारी, राप्रपाका नेता सिताराम बतौला लगायतका नेता तथा कार्यकर्ताहरु रहनु भएको थियो ।