हेटौंडा बजार क्षेत्रका एक दर्जन सडकमा खाल्डाखुल्डी पुरीदै

जनपत्र
२८ पुष २०७७, मंगलवार ०८:३८

हेटौंडा । हेटौंडा बजार क्षेत्रका सडकमा खाल्डाखुल्डी पुर्ने काम निरन्तर भइरहेको छ । यो अभियान अनुसार उपमहानगरपालिका क्षेत्रका एक दर्जन सडकमा परेका खाल्डा पुर्न लागिएको हो ।

खाल्डाखुल्डीका कारण बजार क्षेत्रका भित्री सडकमा समस्या भएपछी हेटौंडा उपमहानगरपालिकाले पुर्ने काम निरन्तर रुपमा गरिहरकेको हो । सबै बिग्रीएका सडक पुन निर्माण गर्न धेरै खर्च लाग्ने भएकाले खाल्डो परेको स्थानमा तत्काल पुन लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

हेटौंडाको उपमहानगरपालिका रोडबाट पुर्न सुरु गरिउको खाल्डा मानसचोक, संगमचोक, पारिजातपथ लगायतका सडमा पुर्ने काम भएको मेयर महतले वताउनुभयो । अरु सडकमा समेत सडकमा खाल्डा भएमा तत्काल पुरिने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*