बाइडेनको सपथ समारोहमा ट्रम्प समर्थकले प्रदर्शन गर्ने, हिंसा भड्किने भन्दै सुरक्षा व्यवस्था कडा

जनपत्र
२८ पुष २०७७, मंगलवार ०७:५०

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा अमेरिकाका विभिन्न राज्यमा प्रदर्शनको तयारी भएको अनुसन्धानसम्बन्धी संघीय व्यूरो ‘एफबीआई’ले दाबी गरेको छ । विभिन्न सशस्त्र समूह र राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले सपथ समारोह अघि नै मुलुकभर प्रदर्शनको तयारीको सूचना पाएको एफबिआईले जनाएको छ ।

जनवरी २० मा राष्ट्रपति बाइडेनले नयाँ राष्ट्रपतिको रुपमा सपथ लिने समारोहको आयोजना गरिएको छ । कार्यक्रमलाई लक्षित गरी हुन लागेको प्रर्दशन रोक्न सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँका सरकारी अधिकारीहरुलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

बाइडेनले सत्ताको जिम्मेवजारी लिुनअघि थप हिंसाका घटना हुन सक्ने भन्दै धेरै सुरक्षाकर्मी परिचालन गरीएको छ । राष्ट्रपति ट्रम्पले यसअघि नै बाइडेनको सपथ समारोहमा सहभागी नहुने बताइसक्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*