जो बाइडेनले भने– राष्ट्रपति संविधानभन्दा माथि छैनन्

जनपत्र
२६ पुष २०७७, आईतवार ०६:४१

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति संविधान र कानुनभन्दा माथि नहुने बताएका छन् । उनको यो संकेत पछिल्लो समय अमेरिकामा देखिएको हिंसात्मक प्रदर्शनका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पलक्षित भएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि अमेरिकी राजधानीमा भएको हिंसात्मक घटनालाई प्रश्रय दिएको भन्दै ट्रम्पका सामाजिक सन्जाल खाताहरु ट्विटर र फेसबुकले बन्द गरिएका थिए । ट्रम्पले अब ह्वाइट हाउस छोड्न ११ दिन मात्र बाँकी हुँदा उनीमाथि महाभियोग लगाउन सकिने विषयमा पनि अमेरिकामा चर्चा हुन थालेको छ ।

अनि यही समयमा बाइडेनले लेखेका छन्, ‘न्यायले आम मानिसलाई सहज बनाउँछ, शक्तिशालीलाई संरक्षण गर्दैैन, बचाउँदैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*