सूर्य चिन्ह चाहिए प्रचण्ड–नेपाल नेकपामा फर्किउन्ः महेश बस्नेत

नेकपा ओली समूहका नेता महेश बस्नेतले नेकपा आधिकारिक रुपमा आफ्नो समूहको भएको दाबी गरेका छन् । शनिबार युवा संघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले नेकपा र सूर्य चिन्ह ओली नेतृत्वको नेकपाले पाउने निश्चित भएको बताएका हुन् ।
यतिमात्र होइन, उनले अर्को समूहले सूर्य चिन्ह र नेकपा चाहियो भन्दै हिँड्न पनि नसुहाउने बताए । बरु सूर्य चिन्ह चाहिएको भए प्रचण्ड र नेपाल दुवै जना नेकपामा आउनु पर्ने उनको तर्क थियो ।
‘नेकपा चाहिने हो भने उहाँहरु नेकपामा आए हुन्छ, सूर्य चिन्ह पनि पाइन्छ,’ बस्नेतले भने, ‘नभए राजनीतिबाट सन्यास लिएर बसे हुन्छ ।’