महिला जनचेतनामा जानुका दुवाडीको नेतृत्वमा नयाँ समिति
हेटौंडा । हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा रहेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा तथा ८ औं निर्वाचन वर्षबाट संस्थाको अध्यक्षमा जानुका दुवाडी चयन हुनुभएको छ । शुक्रबार साधारण सभा समापन गर्दै दुवाडीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा ज्योती माया डोल्मा देवी लक्ष्मी मुक्तान (लो), सचिवमा कृष्णमाया तितुङ चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा सम्झौता विक, ठुलीमाया मुक्तान, रञ्जिता गोले, रविना प्रजा, सञ्चमाया स्याङतान,सरिता सिंतान, सुष्मा स्याङतान रहेका छन् । सभाले लेखा समिति संयोजकमा सुकुमाया गोले, मनिषा सिंजाली मगर र सुभद्रा तामाङ चयन हुनुभएको छ ।






