जग्गा सम्बन्धी विवादमा हत्या, फरार आरोपी पक्राउ

जनपत्र
२० पुष २०७७, सोमबार ०६:४८

जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरेर हत्या गरी फरार भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ भिमडाबर बस्ने नागेन्द्र ठाकुर लोहार रहेका छन्। गत मङ्सिर १० गते लोहारसहितका चार जनाले जमिनको विषयलाई लिएर सोही स्थानका ४५ वर्षका फतिङा ठाकुरलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो।

सोही समयदेखि फरार रहँदै आएका लोहारलाई इलाका प्रहरी कार्यालय गरुडाले बौधीमाई नगरपालिका ७ स्थित बंकुल बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*