राजीनामाको विषयमा न्याय माग्न अदालत जान्छु–उपाध्यक्ष मनिला विष्ठ

जनपत्र
१९ पुष २०७७, आईतवार १८:४८

हेटौंडा । मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ठले आफुले पदबाट राजीनामा नदिएको दावि गर्नु भएको छ । नदिएको राजिनामा स्वीकृत भएको भन्ने समाचार फेक भएको समेत वताउनुभयो । राजिनामा दिएको नभइ त्यो कुनै कर्मचारीले बनाएको फेक पत्र हुन सक्ने भएकाले यसका विरुद्ध आफु अदालत जाने उहाँले वताउनुभयो ।

अहिले पनि आफु नियमित काममा रहेको उहाँले वताउनुभयो । आज दिउसो हेटौंडामा पत्रकार सम्मेलन गर्दै उपाध्यष विष्ठले यो अहिलेको समस्या पार्टी फुटको समस्या पनि हुन सक्ने वताउनुभयो । अहिले आफुमाथी अन्याय भएको उहाँले वताउनुभयो । जानेर लेखेर आफुले राजिनामा नदिएको वताउनुभयो । राजिनामा दिएको र स्वीस्कृत भएको भन्ने कुरा फेक भएको उहाँले जिकीर गर्नु भयो ।

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको राजिनामा गाउँपालिकाले स्विकृत गरेको छ । मंसिर २९ गते गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई दिएको राजिनामा स्वीकृत भएको हो । २० दिन अगाडी दिइएको राजीनामा आज स्वीकृत भएको हो । उपाध्यक्ष बिष्टको राजिनामा शुक्रबार स्विकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*