एसियाकै धनीको उपाधि चिनियाँ अर्बपति झोङलाई
एसियाका सबैभन्दा धनीका रुपमा रिलाइन्स इन्ड्रटिजका अध्यक्ष मुकेश अम्बानीको स्थान चिनियाँ अर्बपति झोङ शानशानले लिएका छन्। जोङको सम्पत्ति भ्याक्सिन निर्माणकर्ता वान्ताइ बायोलोजिकल फार्मेसी इन्टरप्राइजेज कम्पनी र पानी निर्माता नोङ्गु स्प्रिङ कम्पनीका कारण बढेको हो।
यी दुवै कम्पनीले आफ्नो स्वामित्वमा १५५ प्रतिशतको बढोत्तरी हासिल गरेका छन् भने स्थापनाको पहिलो वर्षमै २ हजार प्रतिशतको बृद्धि प्राप्त गरेको छ। यी दुई कम्पनीले झोङको सम्पत्ति गत वर्षभन्दा ६ दशमलव ९ अर्ब डलरले बढाएको छ। यस वर्ष उनको सम्पत्ति ७७ दशमलब ८ अर्ब डलर भएको छ। उनी विश्वकै ११ औँ धनी व्यक्ति बनेका छन्। जोङलाई ‘लोन वुल्फ’ उपनामले पनि चिनिन्छ।






