हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माणको शिलान्यास

सडकमा दुध पोख्नुपर्ने किसानको बाध्यता हटाउनका लागि पाउडर प्लान्ट निर्माण गर्न लागेका हौं–मुख्यमन्त्री पौडेल
जनपत्र
१६ पुष २०७७, बिहीबार १०:३५

हेटौंडा । हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माणको आज शिलान्यास गरिएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनीमा पाउडर प्लान्ट निर्माण गर्न लागिएको हो ।

प्लान्टको शिलान्यास गर्दै बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले सडकमा दुध पोख्नुपर्ने किसानको बाध्यता हटाउनका लागि पाउडर प्लान्ट निर्माण गर्न लागेको वताउनुभयो । किसानका पक्षमा प्रदेश सरकार काम गर्न तयार रहेको उहाँले वताउनुभयो । किसानले उत्पादन गरेको दुधलाई खेर जान नदिनका लागि पाउडर प्लान्ट निर्माण गर्न लागिएको उहाँले वताउनुभयो ।

किसानले उत्पादन गरेको तरकारी देशैभरी र बिदेशमा समेत निर्यात गर्नका लागि हेटौंडा ११ थानाभ¥याङमा कृषि सुपर मार्केट निर्माण गर्न लागिएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । तरकारी र दुधका लागि महत्वपुर्ण र दिर्घकालिन रुपमा काम गर्न लागिएको उहाँको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले सडकमा दुध बग्यो भनेपछी आफुहरुले पाउडर प्लान्ट निर्माण गर्न लागिएको वताउनुभयो । यो प्लान्टले बागमती प्रदेशसंगै अरु चार वटा प्रदेशका किसानले उत्पादन गरेको दुध ल्याएर पाउडर वनाउनका लागि सहज हुने वताउनुभयो । उद्योग स्थापना भएर रोजगारी सृजना गरेसंगै किसानले धेरै गाइ, भैसी पालना गरेर रोजगारी पनि सृजना हुने उहाँले वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर मतिना बैध जोसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद देबकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*