‘निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर हो ‘

जनपत्र
१६ पुष २०७७, बिहीबार ०५:५७

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताउनुभएको छ । कास्की पोखराको सराङकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तर्क्रिया कार्यक्रममा ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायीक पार्टनरको रुपमा नहेरेसम्म देशमा व्यावसायीक वातावरण बन्न नसक्ने बताउनुभएको हो ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । कोभिड–१९ को सबैभन्दा ठूलो असर व्यवसाय क्षेत्रमा परेको बताउँदै ढकालले कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो ।

उहाँले सरकारले ल्याएको राहत अपुरो भएको टिप्पणी गर्दै राहत सम्बन्धित व्यवसायीहरुले समेत पाउन नसकेको बताउनुभयो । मौद्रिक नीति तथा बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना नगरिएको बताउँदै उहाँले अहिलेका समस्याहरु सम्बोधन गर्नका लागि बजेट तथा मौद्रिक नीतिको पुनरावलोकन गर्नुपर्ने जोड पनि गर्नुभयो ।

उहाँले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । कोभिड–१९ को महामारीले नयाँ नयाँ व्यवसायहरुको अवसर पनि सिर्जना गरेको बताउँदै उहाँले यसले डिजिटल इकोनोमिको अवसर सिर्जना गरेको बताउनुभयो । सोमबारदेखि सुरु भएको नवौं आइएमई लिटरेचर फेस्टिभल बुधबार सम्पन्न हुँदैछ ।उज्यालोबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*