मनहरी गाउँपालिकामा ६ वटा वडा कार्यालय भवन निर्माण हुँदै

मनहरी गाउँपालिकाले आफ्नै लगानीमा ६ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको छ ।
जनपत्र
१५ पुष २०७७, बुधबार ०८:२१

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ६ वटा वडा कार्यालयको भवन निर्माण हुँदै छ । अहिले भाडाको घरमा र अरु बिभीन्न संघसंस्थाका भवन र जिर्ण साघुरो भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले ६ वटा वडामा नयाँ भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

मनहरीको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण गर्न लागिएको हो । मनहरी गाउँपालिकाले आफ्नै लगानीमा ६ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो ।

वडा कार्यालयका भवन निर्माण गर्नका लागि चालु आर्थिक वर्षको बजेटमा गाउँपालिकाले एक करोड रुपैयाँका दरले पाँच करोड रुपैयाँ छुट्याएको थियो । एक करोड रुपैयाँ जिल्ला समन्वय समिति मकवानपुरले एक वडा वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछी ६ वटा वडा कार्यालयको भवन निर्माण गरिएको अध्यक्ष उप्रेतीले वताउनुभयो ।

ठेक्का मार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो । ६ वटा मध्यमा एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । अरु पाँच वटा वडा कार्यालयका भवनहरु धमाधम निर्माण भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*