आजकाे माैसम : देशभर नै माैसम सफा रहने

जनपत्र
१४ पुष २०७७, मंगलवार ०६:३४

आज प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मुलुकको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍भागमा हुस्सु्रकुहिरो लागेको छ।

आज राति सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। तापक्रम चिसो रहिरहने तथा तराईरपहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*