हुम्लामा चिसोले जनजीवन कष्टकर

जनपत्र
१४ पुष २०७७, मंगलवार ०६:२२

हिमाली जिल्ला हुम्लामा चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । मंसिर महिनामा माइनस ६ डिग्री सेसिल्यस पुगेको हुम्लाको तापक्रम पुस महिनामा माइनस ९ डिग्री सेसिल्यसमा झरेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।

चिसो बढेसँगै स्थानीय बासिन्दा आगो तापेर बस्न थालेका छन् । चिसोका कारण विहान बेलुका बुद्धबृद्धा बालबालिका आगो बाल्दै बस्न थालेको हुम्लाका स्थानीय सूर्यबहादुर बमले बताए । उनले भने, “गाउँमा हिटर, ग्याँस चुलो पाइँदैन । आगो तापे मात्रै चिसो थेग्न सकिन्छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*