जाडोमा छालाको समस्याले हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि

जनपत्र
१४ पुष २०७७, मंगलवार ०५:५५

जाडोको मौसममा हाम्रो शरीरमा बिभिन्न प्रकारका छालाका समस्याहरु देखापर्दछन् । जाडोमा सबैभन्दा बढी देखिने छालाको समस्या भनेको चिलिब्लेन्स हो । यो विशेषगरी चिसो हावा र पानीका कारणले हुने गर्दछ । जाडोको अर्को समस्या भनेको छाला सुख्खा हुने हो । यसलाई जेरोसिस भनिन्छ । छाला सुख्खा हुदाँ चिलाउने गर्दछ । जसलाई कन्याएमा घाउ समेत हुनसक्छ र संक्रमण हुने सम्भावना बढ्दछ ।

साथै अरु बेलाभन्दा जाडो मौसममा मानिसहरु कम नुहाउने भएकाले लुतो आउने सम्भावना समेत हुन्छ । त्यसैगरी गर्मीमा आएको फंगल इन्फेक्सन समेत जाडोमा बढ्ने गर्दछ । अझ घामको किरणबाट छालामा हुने समस्या मेलाज्मा अर्थात चाया–पोतो आउने समस्या पनि जाडोमा नै हुने गर्दछ ।

१। जाडोमा पनि घामबाट जोगिन जेलको सट्टामा क्रिम लगाउनु पर्ने हुन्छ ।
२। जाडोमा घाम ताप्ने भन्दै धेरै बेर बस्नुहुदैन । घाममा बस्दा पनि अनुहार छोपेर बस्नुपर्छ ।
३। घाममा बस्दा शरीर ढाकिने पूरा बाहुला भएको लुगा लगाएर बस्नु पर्दछ ।
४। हात नछोपिने लुगा लगाएर घाम ताप्दा सोरोसिस नामक कत्ले रोग हुनसक्छ ।
५। जाडोमा छाला सुख्खा हुने भएकाले छालालाई तैलीय राख्नुपर्छ ।
६। जाडोमा हात र खुट्टाको सुरक्षाको लागि तातो पानी र पञ्जा प्रयोग गर्नुपर्छ ।
७। छाला सुख्खा हुनबाट बचाउने नाममा विज्ञापनमा जे देख्यो त्यही लगाउनु हुदैन भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ ।
८। जाडोमा साबुन प्रयोग गर्दा एलर्जी नहुने मोस्चराइजर भएको साबुन प्रयोग गर्नुपर्छ ।
९। जाडोमा लुगाले एलर्जी निम्त्याउने हुन्छ त्यसैले भित्रबाट सुतीको लुगा लगाउनु पर्छ ।
१०। यदि छालमा कुनै समस्या देखियो भने मनलाग्दी औषधि वा मल्हम किन्नुहुदैन । चिकित्सकको सल्लाह लिएर मात्र कुनै औषधि वा मल्हम लिनुपर्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*