मानब बेचविखनका विरुद्धमा अभियान सञ्चालन गर्ने निर्णय

जनपत्र
१३ पुष २०७७, सोमबार २०:४६

हेटौंडा । जिल्ला मानब बेचविखन तथा ओसार पसार नियन्त्रण समितिको बैठकले मानब बेचविखनका विरुद्धमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज समितिका संयोजक तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा भएको बैठकले मानब बेचविखन तथा ओसार पसारका विरुद्धमा चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र कार्ययोजना समेत बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरिएको छ ।

बैठकले आज तीन जनालाई समितिमा थप समेत गरिएको छ । समितिको सदस्यमा माइती नेपाल मकवानपुरका संयोजक मायाँ लामा, अस्मिता नेपाल मकवानपुरका आरती पाठक हिमराइट्स मकवानपुरका कुमारी वाइवालाई थप गरिएको छ ।

यस्ता छन् बैठकका निर्णय ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*