चार करोड लागतमा हेटौंडाको कर्राकरिडोर निर्माणको काम सुरु

जनपत्र
१३ पुष २०७७, सोमबार १७:२५

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आजबाट कर्रा करिडोर निर्माणको काम सुरु गरेको छ । हेटौंडा ४ र ८ को बिचबाट बगिरहेको कर्रा खोलाको किनारबाट निर्माण सुरु गरिएको कर्रा करिडोरको आज उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नु भयो ।

अहिले दुबै तर्फबाट काम सुरु गरिएको छ । कर्रा पुल मुनीबाट कर्रा करीडोर निर्माणको काम सुरु गरिएको र यस क्षेत्रलाई सफा, सुन्दर र हरियाली बढाएर सबैको आकर्षकको केन्द्र विन्दु बनाउने मेयर महतले वताउनुभयो । यो निर्माणको कामलाई बहुवर्षिय योजना अनुसार चौघडा सम्म पुर्याउने लक्ष राखिएको छ ।

दुइतिरबाट चार करोड रुपैयाँमा ठेक्का लगाएर काम सुरु गरिएको हो । कर्रा खोलाको दायाँ, बायाँको भागमा अहिले तत्काल चार करोड रुपैयाँ लागतमा रिटेनिङ वाल निर्माण गर्ने, त्यसमा सडक निर्माण गरिने मेयर महतले वताउनुभयो । बहुवर्षिय योजना अन्तरगत काम सुरु गरिएको हो ।

यो पहिलो वर्षको काम सुरु गरिएको छ । कर्रा करिडोर निर्माण गर्दा दुबै तर्फको जग्गाको पनि संरक्षण हुने र सडक निर्माण भएर आवत जाओत गर्न पनि सजिलो हुने सबैलाइृ आर्कसित गर्न पर्यटकिय क्षेत्रको रुपमा पनि विकास गर्दै लगिने मेयर महतले वताउनुभयो । आजको शिलान्यास कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलको आतिथ्यता रहेको थियो । अहिले कर्रा खोलाको दायाँ र बायाँ तर्फबाट काम भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*