बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोनालाई जिते, अब सक्रिय संक्रमित ४ हजार ११३ जना

जनपत्र
१२ पुष २०७७, आईतवार ०८:२८

हेटौंडा । बागमती प्रदेशमा कोरोनाबा संक्रमित भएका ९६ दशमलब ४ प्रतिशतले कोरोनालाई जितेका छन् । अब यस प्रदेशमा ४ हजार एक सय १३ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल सम्म कोरोना भाइरसको संक्रमणबाट बागमती प्रदेशमा ८ सय ९९ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा हाल सम्म एक लाख ४१ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएका ९६ दशमलब ४ प्रतिशत संक्रमितले कोरोनालाई जितेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेका छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा ३ सय ५ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा करिब ३ प्रतिशत उपचाररत छन् । बागमती प्रदेशमा अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*