प्रधानमन्त्री कपमा आज दुई खेल : उद्घाटन खेलमा लुम्बिनी र प्रदेश २ खेल्दै

जनपत्र
११ पुष २०७७, शनिबार १३:१०

दाङ – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

ङको देउखुरी क्रिकेट मैदानमा पहिलो दिन आज दुई खेल हुँदैछन् । उद्घाटन खेलमा बिहान साढे ९ बजे लुम्बिनी र प्रदेश २ खेल्दैछन् भने दिउँसो साढे १ बजे हुने दोस्रो खेलमा विभागीय टोली एपीएफ र कर्णाली प्रदेश खेल्नेछन् । प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*