बालकको ज्यान गएको घटनालाई लिएर केआईसिंह राजमार्ग बन्द

डाेटी – कारको ठक्करबाट बालकको ज्यान गएको घटनालाई लिएर आफन्तले डाक्टर केआईसिंह राजमार्ग बन्द गरेका छन् ।
बाटो बन्द भएपछि गाडी तथा यात्रु शिखर नगरपालिका-६ तल्कोटमा अलपत्र परेका छन् । राजमार्ग खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताउनुभयो । बालकलाई ठक्कर दिने से १ त १००९ नम्बरको कार चालक कैलाली धनगढी उपमहानगरपालिका-१ का माधव गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।