मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी, पूर्वमाओवादीतर्फका नेताहरू मन्त्री बन्दै

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै सात जना मन्त्रीले राजीनामा दिएकाले रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्तिको तयारी गर्नुभएको हो ।
नयाँ थपिएका मन्त्रीहरूलाई अहिले बेलुकी साढे ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ खुवाउने कार्यक्रम रहेको छ ।