प्रचण्डसँग कम्युनिस्ट आन्दाेलन र पार्टी कमिटीकाे आधारमा चल्ने कुरा मिल्याे : नेता नेपाल
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी भएको बताउनुभएको छ ।
ओली कम्युनिस्ट विचार, आचरणबाट विचलित भएकाे र पतनको बाटोमा हिँडेको भन्दै कम्युनिस्ट आन्दोलन नै सिध्याइदिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । ओलीमा गणतन्त्र, सङ्घीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाइ छ ।
ओलीले कुनै पनि समस्याको सहज अवतरण नचाहने नेपालको भनाइ छ । उहाँले अध्यक्ष प्रचण्डसँग कम्युनिस्ट आन्दोलन, विचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताउनुभयो । आगामी दिनमा आपसी विश्वास राख्दै विगतका कमी कमजोरी सुधार्दै अघि बढ्नेसमेत बताउनुभयो ।
अध्यक्ष नेपालले आधिकारिक पार्टी आफूहरूको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पत्ति आफूहरूको हुने दाबीसमेत गर्नुभयो ।






