हेटौंडाको नेवारपानीमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते

जनपत्र
१० पुष २०७७, शुक्रबार १७:०९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

हेटौंडाबाट राक्सिराङ गाउँपलिका वडा नम्बर १ ठूलो भाबर जाँदै गरेको ग १ ज ७२८९ नम्बरको बोलेरो जी आफै अनियन्त्रित भई दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेमध्ये २ जना सामान्य र ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको विवरण भने आउँन बाँकी रहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*