‘प्रदेशसभामा अविश्वासको प्रस्ताव केन्द्रीय सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलन’

मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेर शाक्यलाई नयाँ मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।
जनपत्र
१० पुष २०७७, शुक्रबार १६:४३

हेटौंडा । वाग्मती प्रदेशको प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनु भनेको केन्द्रीय सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलन भएको प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बताएकी छिन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेर शाक्यलाई नयाँ मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ । उनले प्रदेशमा मात्रै नभइ सरकार विरुद्धको आन्दोलन नगरपालिका र वडा तहसम्म नै पुग्ने ठोकुवा गरेकी छिन् । उनले वाग्मती मात्रै नभएर सम्भावना भएका सबै प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकारहरुलाई चलाए त्यस्को नतिजा राम्रो नआउने टिप्पणी दिएको भन्ने प्रश्नको जवाफ दिँदै उनले भनिन्( जहाँ जहाँ सम्भावना छ त्यहाँ आउन सक्छ । प्रधानमन्त्री ओली निरंकुश र अलोकतान्त्रिक बन्नुभएको छ । उहाँले दिनुभएको धम्कीको कुनै तुक छैन ।

जनताको रगतको बलमा आएको संविधानविरुद्ध कोही पनि जान नपाउने उनको तर्क थियो । शाक्य प्रदेशसभा सदस्यका साथै दाहाल(नेपाल पक्षको प्रदेश इन्चार्ज पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*