आधुनिकमा एक करोडको भवन बन्र्दै

हेटौंडा / हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक बिद्यालयको आधुनिक सुबिधा सम्पन्न भवनको सिलान्याश गरिएको छ । कुल एक करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको सिलान्याश गरिएको हो । भवनको सिलान्याश गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सरकारी बिद्यालयहरुले निजी संग प्रतिस्पर्धा गर्नेगरी अध्यापन गराउनुपर्ने बताउनुभयो ।
मकवानपुरको सरकारी बिद्यालय मध्यमा आधुनिक अब्बल बिद्यालय रहेको समेत उहाँले बताउनुभयो । यस बिद्यालयको भवन निर्माण भएसंगै शैक्षिक गुणस्तरमा अझै बृद्धि गरिनुपर्ने उहाँको भनाई रहेको छ । कार्यक्रममा हेटौंडा ४ का वडाअध्यक्ष नबिन सिग्देल लगायतकाको सहभागिता रहेको थियो ।