पृथ्वीको अन्त्यसम्म पुग्यो कोरोना– अन्टार्कटिकामा पहिलो संक्रमण

जनपत्र
९ पुष २०७७, बिहीबार ०६:०८

कोरोना भाइरस पृथ्वीको अन्त्यसम्म अन्टार्कटिकामा पनि पुगेको छ जुन यसअघि कोभिडमुक्त एक मात्र महादेश थियो । चिलीको सैन्य विभागले यसबारे जानकारी गराउँदै आर्मीहरु यतिबेला त्यहाँको रिसर्च स्टेसनमा कार्यरत् स्टाफहरुलाई क्वारेन्टिन गर्ने व्यवस्था मिलाइरहेको बताएको छ । खबरका अनुसार ‘बनार्दो ओहिगिन्स’ बेसमा अहिले ३६ जना मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् जसमा २६ आर्मी र १० जना बेसको मेन्टेनेन्स सञ्चालन गरिरहेका कन्ट्राक्टरहरु रहेका छन् । स्थायी रुपमा स्थापित रिसर्च स्टेसनलाई चिलीको आर्मीले सञ्चालन गर्दै आएको छ जुन अन्टार्कटिकाको सबैभन्दा उत्तरी भूभागमा पर्दछ । बेसका कर्मचारीहरु पहिले नै राम्ररी आइसोलेट अवस्थामा रहेको र निरन्तर स्वास्थ्यकर्मीहरुको निगरानीमा भएकाले अहिलेसम्म कुनै जटिल समस्या नआएको बताइएको छ ।

विश्वकै सबैभन्दा एकान्त ठाउँमा पर्ने अन्टार्कटिकाको रिसर्च एवम् सैन्य स्टेसनले पछिल्ला केही महिना भाइरसलाई आउन नदिन अधिकतम सावधानी अपनाएको थियो । भाइरस भित्रिन नदिन पर्यटकीय यात्राहरु रद्द गरिएको थियो भने बाहिरी गतिविधि पनि कम गरि स्टाफहरुलाई सिमित गराउनुका साथै भवनहरु बन्द गरिएको थियो । बिटिश अन्टार्कटिक सेर्भेसँग कार्यरत् अनुसन्धानकर्ताहरुको अनुमानमा यस महादेशभर स्थापित ३८ स्टेसनका झन्डै एक हजार मानिसहरुलाई दक्षिणतर्फबाट एकदमै सुरक्षित तरिकाले कुनै घटना बिना यात्रा गराइएको थियो । तर गर्मीयामको सुरुवातमा त्यहाँबाट आवत्जावत् गरिरहँदा त्यसले संक्रमणको जोखिम उच्च बनाइदिएको बताइएको छ । यस्तोमा दुईजना आर्मीहरु बिरामी परेपछि नै डिसेम्बरको मध्यमा पहिलो कोभिड–१९ संक्रमित फेला परेका हुन् ।

अन्टार्कटिकाबाट सबैभन्दा नजिकमा रहेको वस्ती, मेगेलेन्स क्षेत्र जुन चिलीमा कोरोनाबाट अत्यन्तै नराम्ररी प्रभावित हुने ठाउँमा पर्दछ । सो क्षेत्र महिनौँदेखि क्वारेन्टिनमै छ । यसअघि चिलीको नौसेनाले अन्टार्कटिका क्षेत्रतर्फ जाँदै गर्दा नोभेम्बर २७ र डिसेम्बर १० का बीच २०८ चालकदल मध्ये तीन जनामा कोभिड–१९ देखा परेको रिपोर्ट गरेको थियो । रोयटर्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*