हेटौंडामा सब र फोहोर जलाउने मेसिन ल्याईदै

२६ चैत्र २०७५, मंगलवार ०९:०८

हेटौंडा /मानिशको मृत्यु भईसकेपछी खोलामा लगेर जलाउनुपर्ने झन्झटबाट मुक्त गराउनका लागि हेटौंडा उपमहानगरपालिकाले सब जलाउने मेसिन खरिद गर्ने निणय गरेको छ । काठमाण्डौको पशुपति आर्यघाटमा सब जलाउने मेसिन मार्फत मृतकका सव जलाउने गरिन्छ । तर अब हेटौंडाको रापती खोलामा पनि चितामा राखेर दाउरा, मुडाहरु बालेर मृत्यु भएका मानिशको सव जलाउने गर्दा जताततै प्रदुषण भएपछी आधुनिक तरिकाले सब जलाउनका लागि मेसिन खरिद गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

नेपालमा यो मेसिन नपाउने हुँदा खरिद प्रकृया निकै झन्झटिलो रहेको मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाको चौथो नगरसभा बैठकले सब जलाउने मेसिन खरिद गर्ने निणय गरेको छ । यो मेसिन खरिद गर्नका लागि ९० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । नगरसभाको बैठकले सब जलाउने मेसिन खरिद गर्नका लागि यो रकम छुट्याएको हो ।

त्यसैगरी हेटौंडाबाट संकलन भएको फोहोर जताततै दुर्गन्ध समेत फैलिने गरेकाले यसलाई पनि छुट्याएर जलाउने गरी मेसिन खरिद गरिने भएको छ । फोहोरका कारण धेरै खालका दुर्गन्ध बढ्ने र रोग समेत फैलने भएकाले बेलैमा यसबाट सुरक्षित बन्नका लागि फोहोर जलाउने मेसिन खरिद गर्ने गरी नगरसभाबाट निणय गरिएको मेयर महतले बताउनुभयो । यसका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो मेसिन पनि नेपालमा नपाउने हुनाले भारतबाट मगाउनुपर्ने हुन्छ ।
पशुबध स्थलको अभाबका कारण हेटौंडाको मुख्य बजार भित्र र ओरपर समेत राँगा, भैसी, बोका, खसि काट्ने गरिएकाले अब बध स्थलमा लगेर बध गर्नेगरी बधसाला निर्माणका लागि उपमहानगरपालिका लागिपरेको छ । पशु बध स्थल निर्माण गर्नुभन्दा पहिले आईई गर्नका लागि ५ लाख रुपैयाँ छुट्याएर काम गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*