थप ७२२ जनामा काेराेना सङ्क्रमण, ९६६ जना डिस्चार्ज

जनपत्र
७ पुष २०७७, मंगलवार १८:२२

काठमाण्डाै – गएको २४ घण्टामा नाै सय ६६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या दुई लाख ४५ हजार सात सय नाै पुगेको छ ।

यस्तै गएको २४ घण्टामा सात हजार जनाकाे पीसीआर परीक्षण गरिएकाेमा सात सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार दुई सय ३६ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय २९ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*