उखु किसान १० दिनदेखि आन्दोलनमा, देशको राजनीतिले माग छायामा

जनपत्र
७ पुष २०७७, मंगलवार १८:२१

काठमाण्डौ – उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै किसानले मङ्गलबार पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

सर्लाही र रौतहटबाट काठमाण्डौ आएर १० दिनदेखि आन्दोलन गरिरहेका किसानले आफूहरुले पैसा पाउने ग्यारेण्टी नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् ।

किसानहरूले चिनी मिल सञ्चालकहरूबाट झण्डै ९० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन् तर सरकार र उद्योगीले भने ४० करोड रुपैयाँभन्दा धेरै रकम भुक्तानी भएको बताउँदै आएका छन् ।

गएको वर्ष सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगीबीच सम्झौता गराए पनि भुक्तानी नपाएपछि किसानहरू फेरि काठमाण्डौको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् । सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरूलाई कारबाही गर्ने बताए पनि अहिलेसम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन ।

नेकपाभित्रको विवाद र प्रधानमन्त्रीले संसद् विघटन गरेपछि उखु किसानको माग र आन्दोलन झनै ओझेलमा परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*