बेलायतबाट नेपाल आउन प्रतिबन्ध

जनपत्र
७ पुष २०७७, मंगलवार १८:१९

काठमाण्डाै – सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको हो ।

बेलायतबाट वा कुनै पनि ट्रान्जिट भएर आउने यात्रु नबोक्न प्राधिकरणले निर्देशन दिएको छ । यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*