ओलीको कदमले देश गम्भीर सङ्कटमा : देउवा
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले देश गम्भीर सङ्कटमा फसेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न परिस्थिति र आगामी रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक मङ्गलबारदेखि सुरु भएको हो । बैठकमा सभापति देउवाले सोमबार भएको सर्वदलीय बैठकको निष्कर्षबारे पनि जानकारी गराउनुभएको थियो ।
बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु महेश आचार्य, डाक्टर नारायण खड्का र एनपी साउदले आफ्नो धारणा राख्नु भएको छ । बैठक बुधबार दिउँसो एक बजे बस्नेछ ।






