मकवानपुरका खेती योग्य जमिनमा सिंचाइ गर्न प्रदेश सरकारको बजेट

जनपत्र
७ पुष २०७७, मंगलवार ०९:४१

हेटौंडा । मकवानपुरका बिभीन्न स्थानीय तहका खेतीयोग्य जमिनको सिंचाइ गर्नका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलय सहयोग गर्ने भएको छ ।

खेतीयोग्य खेतबारी भएपनि सिंचाइ गर्नका लागि समस्या भोग्दै आएका स्थानमा सहयोग गर्न लागिएको हो । हेटौंडाको लक्ष्मीनारायण ट्युवेल सिंचाइ योजनाका लागि मन्त्रालयले ५५ लाख रुपैयाँ छुट्याएको छ । यसबाट चालु आर्थिक वर्षमा काम गरिने मन्त्रालयले जनाएको छ ।
यसैगरी मकवानपुरको बागमती गाँपालिकाको फापरबारी सिंचाइ आयोजना पनि निर्माण गरिने भएको छ ।

यस आयोजनाका लागि मन्त्रालयले एक करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । हेटौंडा १४ को मेम्बरटोल सिंचाइ योजना निर्माण गरिने भएको छ । यसका लागि मन्त्रालयले ४८ लाख रुपैयाँ बजेट छुट्याएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*