एनसेलको ‘दामी क्यास ब्याक’ योजना

जनपत्र
७ पुष २०७७, मंगलवार ०५:५५

एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स पाइने सुनिश्चित गरेको एनसेलले जनाएको छ ।

यो योजनाअन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाइने रु। ४९।०२ भन्दा बढी अर्थात् रु। ५१ मेनब्यालेन्स प्राप्त गर्छन् । त्यसैगरी रु। १०० को रिचार्जमा अब कम्तिमा विद्यमान रु। ९८।०४ भन्दा बढी रु। १०२ मेन ब्यालेन्स पाउँछन् । यो योजना पुस १९ गतेसम्म लागु हुनेछ ।

योजनाअवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई बढी मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो । रु। ५० रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम रु। १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी रु। १०० रिचार्ज गर्नेले रु। २०० सम्म मेन ब्यालेन्स पाउने कम्पनीले जनाएको छ ।

क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकामा निकै हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फन्ड ट्रान्सफर ९भीईफटी० तथा अनलाइन जुन कुनै पनि माध्यमबाट गरिएको रु। ५० र रु। १०० को प्रत्येक रिचार्जमा यो थपमेन ब्यालेन्सको लाभलिन सकिने एनसेलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*