मकवानपुरको राक्सिराङमा १५ विगाहा गाँजा फडानी

जनपत्र
४ पुष २०७७, शनिबार १७:१४

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा फडानी गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को लावती, लगायत स्थानहरुमा १५ बिगाहा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।

किसानले बारीमा लगाइएको हरियो गाँजा नष्ट गरिएको जिलल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जना प्रहरी टोलीले गाँजा नष्ट गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*