गुल्मीमा अटोरिक्सा दुर्घटना : एक जनाको ज्यान गयाे, चार घाइते

जनपत्र
४ पुष २०७७, शनिबार ११:५५

गुल्मी – गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य चारजना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा रेसुङ्गा नगरपालिका-१२ छापका ३० वर्षका तेजबहादुर राना रहेका प्रहरीले जनाएको छ ।

रिडी-तम्घास सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका १३ भँगारीमा लु १ घ २७४३ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*