मकवानपुरको कैलाशमा पुलको शिलान्यास, पक्की पुल निर्माण सुरु भएपछी स्थानीय खुसी

जनपत्र
४ पुष २०७७, शनिबार ०९:२२

हेटौंडा । मकवानपुरको विकट कैलाशमा पक्की पुलको शिलान्यास गरिएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले कैलाश गाउँपालिका वडा नम्बर ३ र ७ जोड्ने कालिकोखामा पुलको शिलान्यास गर्नुभयो । कुल ३ करोड ५५ लाख रुपैयाँमा पुल निर्माण गर्न लागिएको हो ।

संघीय सरकार प्रदेश सरकारको सह लगानीमा निर्माण लागिएको छ । बषौदेखि पुल नहुँदा खोला ओहोर दोहोर गर्नका लागि समस्या बेहोर्दै आएका यस क्षेत्रका वासिन्दाहरुलाई अब भने सजिलो हुने भएको छ । पक्की पुल निर्माा हुने भएपछी स्थानीयहरु खुसी भएका छन् । कार्यक्रममा बोल्दै सांसद खतिवडाले गाँजा खेती गर्न बाटो खुलाउँनै लागेको वताउँदै भन्नुभयो–‘अहिले सम्म गाँजा खेती गर्न पाइदैन । यो प्रतिवन्धीत छ । अब यसका लागि बाटो खुलाउँदै छौं ।’

अब गाँजा खेती गर्न पाउनेगरी कानूनी बाटो खुलाउन सबै लाग्नुपर्ने उहाँले वताउनुभयो । यसैगरी सांसद खतिवडाले यस विकट क्षेत्रको बिधुतीकरणमा आफु लागिपरेको वताउनुभयो । राजनीतिमा माथीका नेताहरुको कुरा सुन्ने भन्दा यहाँ भएकाहरुले निर्धक्क भएर काम गर्न निर्देशन दिनुभयो ।

यो पुल निर्माण भएपछी कैलाश गाउँपालिका सहित चार वटा स्थानीय तहमा बसोवास गर्नेहरुलाई सहज हुने भएको छ ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, नेपाल कम्युनिष्ट पाटी (नेकपा) मकवानपुरका जिल्ला कमिटी सचिवालय सदस्य बालकुमार मल्ल, सदस्य नरेन्द्रलाल रिजाल, विभिन्न दलका स्थानीय नेताहरु, गाउपालिकाका जनप्रतिनीधिहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*