कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएर फर्केकाप्रति गम्भीर हुन सरकारलाई आयोगको आग्रह

जनपत्र
३ पुष २०७७, शुक्रबार १९:३७

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएर फर्केकाप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।

रोजगारीका गन्तव्य देशहरुबाट कोरोना महामारीका कारण पारिश्रमिक तथा सुविधा नपाएका, कामबाट हटाइएका, अलेखबद्ध श्रमिकहरु एवं घरेलु महिला श्रमिकहरुको अवस्थाप्रति गम्भीर भई न्यायोचित रुपमा समस्याको समाधान गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको हो ।

आयोगले विश्व आप्रवासन दिवस (डिसेम्बर १८) को सन्दर्भमा प्रेस विज्ञप्ती जारी गर्दै यसरी समस्यामा परेर फर्केकाहरुको अभिलेखीकरण गरी प्रभावकारी पुनःएकीकरण गरिनुपर्ने जनाएको छ । यसका लागि संघीय सरकार, प्र्रदेश सरकार एवं सम्बद्ध अन्य संघ संस्थाहरुसँग समन्वय गरी कार्य गर्न सबै स्थानीय निकायहरुलाई आयोगले आग्रह गरेको छ ।

यस्तै आप्रवासी श्रमिक तथा उनीहरुको परिवारको संरक्षण सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, १९९० एवं घरेलु कामदार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन अभिसन्धि नं १८९ (२०११) लाई अनुमोदन गर्न आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न पनि नेपाल सरकारलाई स्मरण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*