बैदेशीक रोजगारी र यसको प्रभाब सम्वन्धी हेटौंडामा अन्तरक्रिया

जनपत्र
३ पुष २०७७, शुक्रबार १६:१४

हेटौंडा । बैदेशीक रोजगारी र यसको प्रभाब सम्वन्धी अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ । अन्तराष्ट्रिय आप्रवासन दिवस २०२० का अवसरमा सुरक्षित आप्रवासन परियोजना अन्तरगत कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रोजगारीकैलागि विदेश जानुपर्ने बाध्यता हटाउनका लागि काम भइरहेको वताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि, पशुपालन लगायतका क्षेत्रमा स्थानीय सरकारले लगानी बृद्धी गर्दै रोजगारीको ढोका खोल्दै गरेको मेयर महतले वताउनुभयो । अझैपनि असुरक्षित तरिकाले बैदेशिक रोजगारमा जाने प्रचलन रहेकाले यसलाई रोक्नका लागि सबैको ध्यान जानु आवस्यक रहेको वताउनुभयो ।

रेमिट्यान्सबाटनै मुलुक धानिएको तर, सधै यसैगरी चल्न नसक्ने उहाँले वताउनुभयो । कार्यक्रममा हेटौंडा १७ का वडा अध्यक्ष भैरब राइ लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*