श्रीराम सुगर मिलले शुक्रबारदेखि भुक्तानी दिने

जनपत्र
३ पुष २०७७, शुक्रबार ०७:११

उखु किसानले भुक्तानीका लागि आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिलले यही पुस ३ गतेदेखि भुक्तानी दिन सुरु गर्ने भएको छ ।

त्यस उद्योगले आफूले भुक्तानी दिन बाँकी रहेको रकम पनि सार्वजनिक गरेको छ । मिलले जारी गरेको विज्ञप्तिमा गएको आर्थिक वर्षमा खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । त्यस भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि उद्योगले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*