पानीको यो चमत्कार

जनपत्र
३ पुष २०७७, शुक्रबार ०६:५१

पानीमा कुनै क्यालोरी हुँदैन न त यसमा कुनै पोषण नै हुन्छ । तर पानीबिना मान्छेमा शक्ति नै रहँदैन । हाम्रो शरीरलाई चाहिने पानीको मात्रा चाहिनेभन्दा कम भयो भने नराम्रो असर पुग्छ । शरीरका कोषहरुमा पैदा भएका फोहरहरु रगतले राम्ररी बोकेर मुटुसम्म ल्याउन सक्दैन । मृगौलाले तिनलाई राम्ररी छान्न सक्दैन । शरीरिभत्र पैदा भएका फोहरहरु पिसाबको माध्यमबाट बाहिर निस्कन पाउँदैन । शरीरका विभिन्न अंगहरुले राम्ररी काम गर्न सक्दैन । हाम्रो शारीरिक र मानसिक शक्ति अति नै कमजोर पर्न जान्छ ।

त्यसैले, हामीले पानी पिउने बानी बसाल्नुपर्छ । तिर्खाले च्यापेपछि मात्रै हैन, बेलाबेलामा पानी पिउने बानी गर्नुपर्छ । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*