कैलाशमा ४२५ थान ब्ल्यान्केट वितरण
कैलाश–कैलाश गाउँपालिकामा एक गैरसरकारी संस्थाले बिपन्न समुदायका बालबालिकाका लागि ब्ल्यान्केट बितरण गरेको छ ।
प्रति ब्ल्याङ्केट २ जना बालबालिका लाभान्वित हुने गरी कैलाश गाउँपालिकाका ४ वटा वडामा ४२५ थान ब्ल्यान्केट बितरण गरिएको हो । बिगत ३ बर्ष देखि गाउँपालिकासंग समन्वय गर्दै शिक्षा, स्वास्थ,सरसफाई तथा खानेपानी क्षेत्रमा काम गर्दै आइरहेको बाल विकास कार्यक्रम नेपाल ९सीडीपीएन० ले बुधवार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा ब्ल्यान्केट बितरण गरेको हो ।
साबिक नामटार र कालिकाटार अर्थात कैलाश गाउँपालिका वडा नं ३ र ४ तथा ९ र १० का बासिन्दाका लागि ब्ल्यान्केट बितरण गरिएको हो । समारोहमा बोल्दै सभामुख श्रेष्ठले सरकारको प्राथमिकतामा बिपन्नको जीवनस्तर सुधार र दैनिक जीवन सहजीकरण गर्ने ुनुपर्ने बताउनुभयो ।
कैलाश गाउँपालिका वडा नं १० स्थित शान्ति श्रृजना प्राथमिक विद्यालयमा आयोजना भएको ब्ल्यान्केट बितरण समारोहमा बागमती प्रदेशका सांसद ओमबहादुर ग्लान ९प्रदीप०, केएफएसआइका नेपाल प्रतिनिधि जेम्स पार्क, गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सामुदायिक बाल विकास कार्यक्रमका प्रमुख रामलाल स्याङ्बोको समाध्यक्षतामा भएको कार्यक्रम कमल अर्यालले सञ्चालन गर्नु भएको थियो । मनहरी लाइभबाट ।






